फ्रान्सेली राष्ट्रपतिवारा रुस-युक्रेन युद्ध अन्त्यका लागि पहल गर्न चिनियाँ समकक्षीलाई आग्रह

शुक्रबार, २४ चैत्र २०७९
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले रुससँग सहकार्य गर्दै युक्रेन युद्ध रोक्न चिनियाँ समकक्षी सी चिनफिङलाई आग्रह गरेका छन् । बेइजिङ भ्रमणमा रहेका माक्रोंले सीसँगको पहिलो औपचारिक भेटमा रुसलाई वार्तामा फर्काउन आग्रह गरेका हुन् । हिजो बेइजिङ पुगेका माक्रोंले युरोप र चीनबीच राम्रो व्यापार र कूटनीतिक सम्बन्ध अपरिहार्य रहेको बताएका छन् । ताइवान र युक्रेन युद्धका विषयमा पश्चिमा देशहरुसँग फरक मत राख्ने चीन रुससँग निकट मानिन्छ । यसैबीच, चीन भ्रमणमै रहेकी युरोपेली युनियनकी प्रमुख उर्सुला भान डर लियनले चीनका प्रधानमन्त्री ली कस्याङसँग भेटवार्ता गरेकी छन् । प्रमुख लियनले माक्रों र सीसँग पनि बेइजिङमै भेटवार्ता गर्नेछिन् । उनको चीन भ्रमणको मुख्य उद्देश्य युरोप र चीनबीच चिसिएको सम्बन्ध सुधार गर्नु रहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार