वराहक्षेत्र :सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ {नेविसंघ) का विज्ञान सावाँ लिम्बूको प्यानल नै निर्वाचित भएको छ ।
४ सय ३९ मतदाता रहेको क्याम्पसमा ३ सय ९२ जना विद्यार्थीले मतदान गरेका थिए ।
सभापतिमा लिम्बूले २ सय ३५ मत प्राप्त गरेका छन् । उनी १ सय १७ मतको अन्तरले निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकी सन्जु खड्काले १ सय १८ मत प्राप्त गरिन । त्यस्तै अनेरास्ववियु कान्तिकारीका धनकेशर भुजेल (विमल) ले ५ मत र समाजवादी विद्यार्थी युनियनका निरमाया राईले १४ मत प्राप्त गरिन् ।
सचिवमा नेविसंघकी इन्जु भट्टराई विजयी भइन् । उनले १ सय ८८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी
अनेरास्ववियुका पविन रानामनगरले १ सय ४३ मत प्राप्त गरे ।
प्रतिक्रिया