शेयर बजारमा दोहोरो अंकको गिरावट

बुधबार, ०६ चैत्र २०८१
काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार शेयर बजार १४‍.१८ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको हो । यस दिन ३ सय ११ कम्पनीको ९५ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर कारोबार हुँदा ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । ५३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । १८३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार