नेपालको वैदेशिक व्यापार घाटा : सात महिनामा ९८ करोड ८५ लाखको आयात, १२ करोड ७२ लाख निर्यात

बुधबार, ०६ चैत्र २०८१
काठमाडौं :  चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा नेपालले ९८ करोड ८५ लाख ८७ हजार ७ सयको वस्तु तथा सामान आयात गरेको छ । जुन गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १०.९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको साही अवधिमा ८९करोड ७९लाख ४३ हजार ८९९ रुपियाँ बराबरको आयात भएको थियो । भन्सार विभागका अनुसार, निर्यातमा पनि वृद्धि भएको छ। चालु आवको सात महिनामा नेपालले १२ करोड ७२ लाख ४ हजार ८२९ रुपियाँ बराबरको निर्यात गरेको छ, जुन गत आर्थिक वर्षको समान अवधिमा ८ करोड ६८ लाख ३० हजार ९१२ रुपियाँको निर्यातको तुलनामा ४६.५० प्रतिशत बढी हो। त्यसैगरी, नेपालले व्यापार घाटामा ८१ करोड ११ लाख १२ हजार ९८८ सय रकम बराबरको घाटा व्यहोरेको छ। यो घाटा गत आर्थिक वर्षको समान अवधिमा भएको ८६ करोड १३ लाख ८२ हजार ८७१ रुपियाँको घाटासँग तुलना गर्दा ६।२० प्रतिशत कम भएको छ। यसरी,चालु आर्थिक वर्षको सात महिनामा नेपालको कुल वैदेशिक व्यापार १ अर्ब ११ करोड ५७ लाख ९२ हजार ५२९ रुपियाँ बराबरको भएको छ, जुन गत आर्थिक वर्षको समान अवधिको ९८ करोड ४७ लाख ७४ हजार ८११ रुपियाँको तुलनामा १३.३० प्रतिशतको वृद्धि हो। चालु आवमा आयात र निर्यातको अनुपात १०।३४ को स्तरमा पुगेको छ, जुन गत आवको ७.७७ को अनुपातको तुलनामा २४.८५ प्रतिशतको कमी हो। यस आवको माघ महिनासम्म कुल व्यापारमा निर्यातको हिस्सा ११.४० प्रतिशत र आयातको हिस्सा ८८.६० प्रतिशत रहेको छ, जबकि गत आवको समीक्षा अवधिमा निर्यातको हिस्सा ८.८२ प्रतिशत र आयातको हिस्सा ९१.१८ प्रतिशत थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार