नेपाली सेनाले भन्यो : ‘संविधान प्रदत्त जिम्मेवारी पुरा गर्न कटिबद्ध’

बुधबार, ०६ चैत्र २०८१
इटहरी : नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ । बुधवार जंग्गीअड्डाले विज्ञप्ति निकालेर केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि त्यसको खण्डन गरेको हो । सेनाले भनेको छ,‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’ साथै, सेनाले आफ्ना धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको प्रस्ट पारेको छ । नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सेनाद्वारा आग्रह गरिएको छ । हर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार