चौधरी फाउन्डेसनको सहयोगमा नवलपरासीको प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

बुधबार, ०६ चैत्र २०८१
नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउन्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । प्रतापपुरको वार्ड न ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ वर्षदेखि जीर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरी पुन सञ्चालनमा ल्याएको हो । बुधवार एक कार्यक्रममा बिच प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त आयोजनाको उद्घाटन गरेका हुन् । उनले शुद्ध पानी पिउन पाउनुपर्ने नागरिकको अधिकार भएको बताए । उनले भने, चौधरी फाउन्डेसनको सहयोगमा यहाँ शुद्ध खानेपानीको व्यवस्था भएको छ । यो काम हामीले अन्त पनि गर्नेछौँ । नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्दछ । चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा उक्त आयोजनाको स्तरोन्नतिको कार्य गरिएको हो । शुद्ध खानेपानीको अभावमा प्रतापपुरमा अत्यधिक आर्सेनिकयुक्त खानेपानी पिउन बाध्य छन् । लामो समयदेखि बन्द रहेको खानेपानी आयोजनालाई प्रतापपुर गाउँपालिको सहकार्यमा चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो । सफा र शुद्ध खानेपानीको व्यवस्था भएपछि स्थानीय खुसी भएका छन् । उक्त आयोजनाबाट प्रतापपुरका संयौं घरपरिवार प्रभावित भएका छन् । पश्चिम नवलपरासीमा चौधरी फाउन्डेसनले युवा स्वरोजगार, महिला उद्यमशीलताका साथै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्दै आएको छ । सांसद चौधरीले विकासका कामलाई केन्द्रमा राखेर निरन्तर निर्वाचन क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार