इटहरीको पार्किङ समस्या समाधान गर्न मेयरको ध्यानाकर्षण

शुक्रबार, २४ चैत्र २०७९
इटहरी । सुनसरीको चौरस्ता बजार इटहरीमा पार्किङ समस्याका कारण व्यापार, व्यवसाय प्रभावित भएको भन्दै उद्योग वाणिज्य संघ इटहरीले उपमहानगरका मेयर हेमकर्ण पौडेललाई ध्यानाकर्षण गराएका छन् । ध्यानार्षण पत्र बुझाउँदै संघले समस्या समाधान गर्न आग्रह गरेका छन् । इटहरीको मुख्य चोक आसपास क्षेत्रमा पार्किङको समस्याले गर्दा व्यवसायीहरू मर्कामा परेको भन्दै संघको इटहरी अध्यक्ष जीवन पराजुलीले मेयर पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । आर्थिक मन्दी र व्यापारमा आइरहेको ह्रासका कारण व्यवसायीहरू मर्कामा परेको भन्दै यो समस्या समाधानमा उपमहानगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिइएको छ । मेयर पौडेलले ट्राफिक प्रहरी र व्यवसायीहरूसँग छलफल गरेर समस्या समाधान गर्ने आश्वासन दिएको संघले जनाएको छ । बैंकको चर्को ब्याज, बजारमा उपभोक्ताहरुको उपस्थिति कम भइरहेको एवं व्यापार निरन्तर खस्किरहेका बेला पार्किङको समस्याले पनि व्यवसाय प्रभावित भएको संघको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार