नयाँ वर्षमा भाटभटेनीद्वारा इटहरी,बिराटनगर,धरानमा ग्राहकलाई छुट

शनिबार, २५ चैत्र २०७९
इटहरी । भाटभटेनी सुपर मार्केटले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहकलाई छुटको अफर ल्याएको छ । पूर्वको विराटनगर, इटहरीदेखि पश्चिम धनगढीसम्म सञ्चालित मार्केटमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको हो । इटहरी,बिराटनगर,धरानमा रहेको  भाटभटेनीले नयाँ वर्षको अवसरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय, कस्मेटिक, फर्निचर, खेलौना लगायत सामानहरूमा ग्राहकलाई छुट दिएको जनाएको छ । भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईका अनुसार नयाँ वर्षकै लागि १० देखि ४० प्रतिशतसम्मको छुट दिइएको छ । भाँडाकुडा, बच्चाका खेलौना, रेडिमेड कपडा,जुत्ता र ग्रोसरीका विभिन्न समानमा १० प्रतिशत, ब्राण्डेड जुत्ता, कपडा,कुर्था, सुरुवाल,साडी, टिसर्टमा १५ प्रतिशत, र इलेक्ट्रोनिक सामग्रीहरूमा २० प्रतिशतसम्म छुट रहेको उनले बताए । यस्तै एलजी, सिजि कम्पनीका टिभीमा ४० प्रतिशतसम्म छुट रहेको समेत भाटभटेनी सुपर मार्केटका व्यवस्थापक भट्टराईले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार