फिल्मको उत्कृष्ट पक्ष
असली पात्रको अभिनयस् फिल्मको विशेषता भनेको एन्जिलाले वास्तविक जीवनमा खेलेको फुटबल यात्रा दर्शकलाई प्रस्तुत गर्नका लागि, उनले स्वयं अभिनय गरेको छ । यसले फिल्मको वास्तविकतामा गहिरो प्रभाव पुर्याएको छ । दर्शकलाई एन्जिलाको वास्तविक सङ्घर्ष र भावनासँगै जोड्न सघाउँछ ।
सशक्त सन्देश:
‘जस्तोसुकै बाधा आओस्, सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न’ भन्ने सन्देश फिल्मका मुख्य अंशको रूपमा रहेको छ । यो सन्देश सन्तान र आमाको सम्बन्ध, सङ्घर्ष र बलिदानको महत्वलाई बलियो बनाउँछ ।
‘अञ्जिला’ले न केवल एक फुटबल खेलाडीको सङ्घर्षको कथा सुनाउँछ, तर पारिवारिक सम्बन्धको जटिलतासम्मलाई उजागर गर्छ । विशेष गरी, आमाको बलिदान र सहयोग, र बाबुको भावनात्मक सम्बन्धलाई पर्दामा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।
कमजोरीहरू र चुनौतीहरू
फिल्ममा केही कमजोरीहरू पनि छन् । पहिलो हाफको गति अपेक्षाकृत कमजोर छ र चरित्रहरूको पृष्ठभूमि स्थापित गर्नमा निर्देशकलाई अलमल परेको देखिन्छ । यद्यपि, दोस्रो हाफमा फिल्म रोचक र भावनात्मक बनिदिन्छ, जहाँ एञ्जिलाको सङ्घर्ष र फुटबलर बन्ने यात्रा थप प्रस्ट र गहिरो बनाउँछ ।
पटकथा भनेको एक महत्त्वपूर्ण पक्ष हो, जहाँ फिल्मका सङ्घर्षको यात्रा अपूरो देखिन्छ । फुटबल खेलाडी बन्ने क्रममा एञ्जिलाको यात्रा अधिक विस्तारपूर्वक प्रस्तुत हुन सकेको छैन । भारतीय बायो पिक ‘मेरिकोम’ जस्तै, ‘अञ्जिला’मा पनि खेलाडीको सङ्घर्ष र प्रशिक्षकसँगको सम्बन्धको गहिराइमा कमी छ ।
कलाकारहरूको प्रदर्शन
दयाहाङ राई र सृजना सुब्बाको अभिनयले फिल्मलाई वास्तविकता दिएको छ । दयाहाङले चन्द्र साहुको पात्रलाई जीवन्त बनाएका छन् भने सृजनाले अञ्जिलाको आमाको भूमिका प्रगाढ र बलियो तरिकाले निभाएकी छन् ।
एन्जिला तुम्बापो सुब्बाको अभिनय यद्यपि नौलो थियो, तर उनको भूमिका पर्दामा साँच्चिकै साँचो र सजीव लाग्यो । उनीसँगको सम्बन्ध दर्शकले गहिरो रूपमा बुझ्न पाएका छन् ।
काठमाडौँको सङ्घर्ष
एन्जिलाका सानुबुबाले फुटबल खेल्न नदिने भएपछि आमाको सहयोगमा उनी भागेर काठमाडौँ जान्छिन् । त्यहाँ पुगेर निरन्तर सङ्घर्ष गर्छिन् । सङ्घर्ष गर्दै गर्दा पनि गोल रक्षकको रूपमा एपीएफमा आबद्ध हुन एन्जिलालाई त्यति सहज भएन ।
काठमाडौँ आएर आफन्तकोमा बसेकी एन्जिलालाई त्यहाँ पनि गाउँकै शैलीमा हेपिन्छिन् । उनलाई फुटबलमा नभएर घरको भाडा, कपडा धुने र सरसफाई गर्ने काममा व्यस्त बनाइयो । यसरी सबै कुराबाट हार मानेर एन्जिला राति रुने गर्थिन् । तर उनले हार नमानेर आफन्तको घर छाडेर सडक किनारको बास बस्न बाध्य भइन् ।
यसरी कठिन समय पार गरेर गोल रक्षकको रूपमा एपीएफमा आबद्ध हुन्छिन् । त्यसपछि राष्ट्रिय टिमको क्याप्टेन बन्छिन् । उनलाई गाउँमा ठुलो सम्मानका साथ स्वागत गरिन्छ । विभिन्न पुरस्कारले पुरस्कृत हुन्छिन् । कथा सकिन्छ । कथाको सार यिनै हुन् । यिनै विषय बस्तुलाई चलचित्रका निर्देशक मिलन चाम्स्ले एन्जिलाको वास्तविक सङ्घर्षमय जीवनलाई जस्ताको तस्तै उतारिदिएको छ ।
चलचित्र आम दर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । संवादहरू चोटिला छन् । चलचित्रका पात्रहरूको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ ।
निष्कर्ष
समग्रमा, ‘अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म हो । जसले दर्शकलाई विचार र संवेदनामा पुर्याउँछ । फिल्मका कमजोरीहरूको बाबजुद यसको भावनात्मक प्रभाव र निर्देशनले धेरै दर्शकहरूलाई छोएको छ ।
फिल्म नेपाली सिनेमा क्षेत्रमा बायो पिक विधामा एक कदम अघि बढेर प्रस्तुत गरिएको एक सफल प्रयास हो, जहाँ साँचो कथाले दर्शकलाई मनको गहिराइसम्म पुग्न सक्षम बनाएको छ ।
चलचित्रले एन्जिलाको जीवन सङ्घर्षबाट समस्याबाट भागेर हैन जुधेर समाधान खोज्नुपर्छ । एउटा लक्ष्यसहित गरिएको सङ्घर्षले मानिसलाई सफलताको विन्दुमा एक दिन पुर्याउँछ भन्ने सन्देश दिएको छ ।
प्रतिक्रिया