काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा ३ दलका शीर्ष नेताको बैठक सुरु भएको हो । समसामयिक राजनीतिक विषयसहित मुख्यतयास् सङ्क्रमणकालीन न्यायका विषयमा सो छलफल केन्द्रित हुनेछ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शीर्ष नेताको बैठक बसिरहेको हो ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया अघि नबढिरहेको बेलामा यो बैठक आव्हान भएको हो ।
बैठकमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, काङ्ग्रेसबाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीबाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी रहेका छन् ।
प्रतिक्रिया