इटहरी : आइतबार (भोलि) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मतदान हुँदैछ । मतदाता नामावलीमा नाम भएकाहरूले मतदाता परिचयपत्र देखाएर भोट खसाल्न पाउनेछन् ।
यदि मतदाता नामावलीमा नाम छ र मतदाता परिचयपत्र हराए वा मतदान केन्द्रमा लैजान बिर्सिएको अवस्थामा अन्य विभिन्न कागजात देखाएर पनि मतदान गर्न सकिन्छ ।
नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहदानी र सवारी चालक अनुमतिपत्र देखाएर पनि मतदान अधिकार प्रयोग गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया