रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

मंगलबार, २७ फागुन २०८१
काठमाडौं : रुद्रराज साहित्य पुरस्कार डा. गार्गी शर्माले प्राप्त गरेकी छिन्। सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनलाई पुरस्कार अर्पण गरिएको हो। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरेको रुद्रराज साहित्य सेवा समितिले जनाएको छ। कार्यक्रममा दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लालदासले रुद्रराज पाण्डेको नेपाली साहित्य, इतिहास, शिक्षा, प्रशासन एवं अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको बताए। समितिका अध्यक्ष बद्रीराज पाण्डेले बहुआयामिक व्यक्तित्व रुद्रराज पाण्डे शिक्षा, साहित्य, इतिहास र आत्यात्मिक विधामा सक्रिय व्यक्तित्व भएको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार