प्रदेशका योजना छनौटका लागि सङ्खुवासभामा अभिमुखीकरण

मंगलबार, १२ चैत्र २०८१
किमाथाङ्का ; जिल्ला सदरमुकाम खाँदबारीमा योजना छनोट तथा आयोजना बैकसम्बन्धी अभिमुखीकरण र वार्षिक योजना तर्जुमा छलफल गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश योजना आयोगले आयोजना गरेको गोष्ठीमा जिल्लाका १० वटै स्थानीय तह, प्रदेशसभा सदस्य र राजनीतिक दल तथा सरोकार भएकाहरूको सहभागिता रहेको थियो । प्रदेशसभा सदस्य र स्थानीय तहबाट प्राप्त आयोजना प्रदेश आयोजना छनोट तथा वर्गीकरण मापदण्ड २०८० र आयोजना बैङ्क व्यवस्थापन कार्यविधि २०८१ को मापदण्डबमोजिम भएका आयोजनालाई आयोजना बैङ्कमा समावेश गर्ने निर्णय भएको प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले बताए । कार्यक्रममा विषयगत मन्त्रालयबाट प्राप्त सूचीमा छुट भएका आयोजना सम्बन्धित मन्त्रालय वा कार्यालयमा चैत १९ गतेसम्म पेस गर्नुपर्ने, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयको आफ्नो कार्यालय नभएको र अन्य सामाजिक सङ्घ संस्थाबाट समेत आयोजना माग भई आएमा जिल्ला समन्वय समिति प्रमुखमार्फत मन्त्रालय पठाउने निर्णय भएको प्रदेशसभा सदस्य विदुरकुमार लिङथेपले बताए । प्रदेशस्तरीय आयोजना छनोट प्रक्रियाका लागि स्थानीय तहले आयोजना वर्गीकरण गरी सूची तयार गर्ने, तिनको अध्ययन र विश्लेषण गरी आयोजना बैङ्कमा समावेश गर्ने, गोष्ठीबाट आएका र मन्त्रालयबाट पहिचान भएका योजना आयोजना बैङ्कमा प्रविष्ट गरिने जनाइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार