नबिल बैंकको सीईओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई

बुधबार, १३ चैत्र २०८१
काठमाडौं : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजिनामा स्वीकृत गर्दै कायम मुकायम सीईओमा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ।बैंकको बुधवार बसेको सञ्चालक समितिको ६७७औँ बैठकले उक्त निर्णय गरेको हो। बैंकले उक्त निर्णय स्वीकृत गर्दै बैंककै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रूपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई कामु सीईओको रूपमा जिम्मेवारी तोकेको छ । सीईओ ढुङ्गानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार