बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

विहीबार, १४ चैत्र २०८१
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधवार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधवार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार