होटल एशोसिएसन इलाममा देवी पौडेल

आइतबार, २६ चैत्र २०७९
इलाम /  होटल एसोसिएशन इलामको ५ औं अधिवेशनबाट पुन अध्यक्ष पदमा देवी पौडेल निर्वाचित भएका छन् । उनी यस अघि समेत अध्यक्ष नै थिए । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा प्रेम सापकोटा, उपाध्यक्ष पविमाया गुरुङ, पर्यटन उपाध्यक्ष शारदा पराजुली र महिला उपाध्यक्ष सावित्रा श्रेष्ठ चयन भएका छन् । महसचिव पदमा प्रकाश चापागाई, सचिव सोनु मुखिया, कोषाध्यक्ष यज्ञ प्रसाद प्रसाई ९दिपक० चयन भएका छन् । सदस्यहरुमा मनोज कोईराला, सन्देश राना मगर, योगेन्द्रराज लावती, बिमला फुएल, र मदन खड्का चयन भएका छन् । सर्वसहमत समिति चयन गरिएको  हो । दुई सदस्य कार्य समितिले मनोनित गर्ने बताइएको छ । शनिबार राती सम्पन्न नव गठित समितिलाई निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिएको छ । साथै निर्वाचन अधिकृत तिर्थ खतिवडाले पद तथा गोपनियताको सफत समेत खुवाएका थिए । अध्यक्ष पौडेलले कोभिड पछि अर्थतन्त्रमा आएको नकारात्मक प्रवाभमा समेत होटल ब्यवसायीले मार खेप्नु परेको बताएका छन् । उनले ठुला तथा साना ब्यवसायीहरुको पिरमर्कालाई सम्वोधन हुने गरि काम गर्ने बताएका छन् । निर्वाचित पदाधिकारीलाई संघिय सांसद महेश बस्नेत, नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी, नेकपा एमाले इलामका उपसचिव रविन्द्र सुवेदी लगायत होटल एशोसिएसन प्रदेश कार्य समिति र झपा कार्य समितिका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार