कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै बिहीबार नै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेपछि कुटपिट गर्ने तीन जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।“बिचमा घटना मिलापत्र भएको रहेछ, हामीकहाँ त यो केश आएन”,उनले भने“माइती तिर काले थाहा पाएपछि घटना बाहिर आएछ, आज केश पनि हामीकहाँ दर्ता भएको छ ।” मिलापत्र गर्दा दिइएको ६१ हजार रुपैयाँ फिर्ता गरेर अहिले उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । पीडित महिला अहिले माइती घरमा छन् । त्यसैगरि शिला चाघु स्थित एउटा तरकारी फर्ममा काम गर्थिन । त्यही क्रममा स्थानीय गोपालसँग चिनजान थियो । त्यही क्रममा ९ चैत शनिवार साँझ ९ बजेतिर गणेशकै घरमा शिला गइन । स्रोतका अनुसार“गणेश र शिलाबिच कुरा भएरै शिला घर गएकी थिइन ।” त्यसपछि घरका अन्य मान्छेले शिला घर भित्र गएको थाहा पाएपछि कुटपिट गर्न थाले । गणेशकी श्रीमतीसहित अरू आफन्तले पनि कुटपिट गरे । लामो समय कुटपिट गर्दा उनी अचेत अवस्थामा थिइन् ।
प्रतिक्रिया