समाजवादी मोर्चाको जनसभामा प्रचण्डसहित शीर्ष ४ नेताले सम्बोधन गर्ने, ७ ठाउँबाट जुलुस सुरु

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौँ । समाजवादी मोर्चाको जनसभामा शीर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् । जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा गरेर सडकमा नै मञ्च बनाएको छ । अपराह्न १२ बजे देखी मोर्चा आबद्ध ४ दलले ७ ठाउँबाट जुलुस निकाल्दै छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार