मुलुक पछाडि फर्किन सक्दैन, वंशको शासन ल्याउन असम्भव : अध्यक्ष नेपाल

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् भन्दै व्यङ्ग्य गरेका छन् । शुक्रवार समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको बताए । उनले भने, ‘सरकारलाई त गीत गाउन मात्रै मतलब छ । उसलाई त खालीम त ढलें, ढलें।।।अहिले हामीले ढालेकै छैनौँ अनि किन ढलें ढलें भनेको त रुमति सप्रियोस्, बुद्धि फेरियोस् । प्रचण्डजीलाई पनि षड्यन्त्र गरेछन् स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर प्रचण्डजी त सोझो मान्छे, दङ्ग पर्नुभएछ । अनि राती स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् । त्यस्तो षड्यन्त्रकारीलाई हामीले चिन्न नसक्नु कमजोरी हो । मलाई पनि फकाउन आएका थिए, प्रचण्डजीको अनुहार देखेपछि विश्वास लाग्यो । मिल्नुपर्छ भन्दा त केही भ्रममा प¥यौं ।’ त्यस्तै उनले आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङमात्रै भएको भन्दै मुलुक पछाडि फर्किन नसक्ने भन्दै प्रतिगामी शक्तिहरूलाई चेतावनी दिए । उनले भने,‘यो आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङमात्रै हो । प्रतिगामी शक्तिहरू होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । मुलुक राणातिर फर्कन सक्दैन । अहिले संसारमा जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने तयार छैनन् । इतिहास फेरी पछाडि जान सक्दैन, जान दिँदैनौ । चुनौती दिन चाहान्छौं देशमा वंशको शासन ल्याउन खोज्ने दुष्चेष्टा गर्छ भने उनीहरूले ठुलो मूल्य चुकाउनु पर्नेछ ।’  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार