काठमाडौँ । राजावादीहरूको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यु आदेशमा बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोक देखी शंखमुल पुलसम्म, गौशाला चोक देखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ ।
मिति २०८१।१२।१५ गते अपराह्न ४ः२५ बजेदेखि मिति २०८१।१२।१५ गते रातीको लागि कर्फ्यु आदेश जारी भएको हो ।
प्रतिक्रिया