काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रवार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन्।
शनिवार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाका बारे पूर्व राजाको धारणा माग गरेका हुन।
‘हिजो काठमाडौँको कोटेश्वर आसपासमा राजावादीहरूले जे हिंसात्मक र दुःखद घटना घटाए त्यसप्रति मेरो खेद छ, घटनाको म भर्त्सना गर्दछु, घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन रु हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनुपर्छ,’सिटौलाले भने।
सिटौलाले पूर्वराजलाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नुपर्ने समेत बताए।
उनले अघि भने, ‘‘पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मल निवास जाँदै गर्दा जुनजुन कुराहरू उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन्,’सिटौलाले अघि थपे।
उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे। ‘राजा हुँदा पनि जनतामाथि आतङ्क, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतङ्क रु’सिटौलाको प्रश्न थियो।
उनले राजाहरूको पटक पटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै सिटौलाले गणतन्त्र नउल्टिने पनि बताए।
‘गणतन्त्र अहिलेको महान् उपलब्धि हो, राजाहरूको पटक पटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र सङ्घीयता आजको महान् उपलब्धि हो, यी उल्टिँदैनन्’ उनले भने ।
उनले संविधान संशोधनका कुरा उठिरहेको भन्दै संविधान संशोधन हुनै नसक्ने जड वस्तु नभएको बताए। पहिले संविधान कार्यान्वयन र राज्य सञ्चालनको समीक्षा गरिनुपर्ने भन्दै सिटौलाले जनता र राष्ट्रको हितमा संविधान संशोधन गर्दै राज्य सञ्चालनमा पनि सुधार गर्न राजनीतिक दलहरू एक भएर अघि बढ्नु पर्ने बताए ।
प्रतिक्रिया