म भागेको छैन, एउटा मन्दिरमा बसेको छु - दुर्गा प्रसाईं

आइतबार, १७ चैत्र २०८१
काठमाडौं : राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले आफू काठमाडौंमा सुरक्षित रहेको बताएका छन्। आइतबार फेसबुकमा लाइभ भिडियो सन्देशमा उनले आफू काठमाडौंको एउटा मन्दिरमा रहेको र सुरक्षित रहेको बताएका हुन्। शुक्रबारको प्रदर्शनमा गाडीले सुरक्षाकर्मीलाई पेल्न खोजेको भन्ने आरोपमा उनले भने, "दुर्गा प्रसाईं तपाईंहरूको नजिकै छ। म भागेको छैन, म भाग्दिनँ। म नेपाल र नेपालीसँग कुनै समय भाग्ने छैन। म अहिले काठमाडौंको एउटा मन्दिरमा छु।" सरकारले आफूलाई लक्षित गरेको आरोप लगाउँदै प्रसाईंले कानको छेउबाट गोली चल्दा आफू सुरक्षित स्थानमा पुगेको दाबी गरे। उनले भने, "तीनकुनेमा पुग्दा मेरो कानको छेउबाट गोली गयो। स्टेजमा पुग्नासाथ मेरो गाडीमा टियरग्यास हानियो, त्यसपछि मैले गाडी चलाएर प्रहरीको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा पुगेको हुँ। म प्रहरीलाई कुनै चोट पुर्याउने काममा संलग्न छैन। सुरक्षाकर्मीहरूप्रति मेरो कुनै व्यक्तिगत दुश्मनी छैन।" त्यसैगरी, प्रसाईंले गाडी चलाइरहेका बेला एक युट्युबरलाई राखेको र गाडीले सुरक्षाकर्मीलाई पेल्न खोजिएको दाबी पनि गरेका छन्। फेसबुक लाइभ भिडियोमा उनले सुरक्षाकर्मीलाई अपशब्द बोलेका छन् र गाडीले कुल्चिन खोजेको देखिन्छ। उनले प्रहरीलाई असाध्यै माया गर्ने व्यक्ति भएको दाबी गर्दै भने, "म प्रहरीलाई माया गर्ने व्यक्ति हुँ, उनीहरूलाई यस्तो लाग्न सक्छ कि मैले पेल्न खोजें।" प्रसाईंले प्रदर्शनमा राज्यले दमन गरेर स्टेजमा पुग्न नदिएको र शान्तिपूर्ण आन्दोलनलाई दबाउन खोजेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार