नेपाल हिन्दू धर्म मान्ने देश हो : देउवा

सोमबार, १८ चैत्र २०८१
डोटी : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल हिन्दू धर्म, हिन्दू संस्कृति र परम्परा मान्ने राष्ट्र भएको बताएका छन्। नेपालमा हिन्दू राज्य र राजसंस्था स्थापना हुनुपर्ने माग राख्दै पछिल्ला दिनहरुमा विभिन्न किसिमका आन्दोलनका गतिविधि भइरहेका बेला डोटी र डडेल्धुराको संगम स्थलमा रहेको गहनान धाम क्षेत्रमा सञ्चालन भइरहेको श्रीमद् देवी भागवत महापुराण ज्ञान धन, धान्याञ्चल लक्ष हवन महायज्ञको उद्घाटन गर्दै सभापति देउवाले नेपाल हिन्दू राज्य घोषणा नभएपनि नेपाली सबै हिन्दू रहेको बताएका हुन्। देउवाले नेपाल हिन्दू धर्ममा आधारित राष्ट्र भएको बताए। हाम्रो राष्ट्र नेपाल हिन्दूधर्म र हिन्दू संस्कृति मान्ने राष्ट्र भएकाले धेरै कुरा हिन्दू संस्कृति र परम्परामा अडिग रहेकोसमेत उनले बताए । ‘हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो’, देउवाले भने, ‘गौ पुजन हुने देश हो, हामी सबै गाईलाई पूजा गर्दछौं।’ देउवाले गहनान धाम क्षेत्र ऋषिमुनीहरुले तपस्या गर्ने भूमि भएकाले यसको महत्व ठूलो रहेको बताए। ‘हाम्रो बाजे पुर्खाहरूको चिहान हो’, उनले भने, ‘उहाँहरूलाई यहीँ जलाएको हो । यहाँ दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।’ सीता ९सेती० नदी र साकल्य नदी मिसिएर बनेको त्रिवेणी धाम गहनानमा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्दछ। देउवाले शिखर नगरपालिका– १० उच्चाकोटमा रहेको सिताराम माविमा अध्ययन गरेको कुरा सम्झदैं आफूहरू स्कुल जाँदा–आउँदा गहनानमा नुहाउने गरेको बताए। जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कार्य हुने भएकाले यो क्षेत्र धार्मिक हिसाबमा महत्वपूर्ण रहेको उनले बताए। ‘हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो’, देउवाले भने, ‘गौ पुजन हुने देश हो, हामी सबै गाईलाई पुजा गर्दछौं।’ उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरुको पवित्र स्थलका रुपमा गहनान धाम रहेको र घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम धाम रहेको बताए। लगिि धार्मिक पर्यटन प्रवर्द्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ चैत १७ गतेदेखि २५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। धार्मिक पर्यटन प्रबद्र्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४, गन्यापधुरा गाउँपालिका ५ र डोटी जिल्लाको शिखर नगरपालिका १० को संगमस्थल बानेडुग्रीसैनमा अवस्थित ‘गहनान धाम’मा महायज्ञको आयोजना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए । तीनवटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरिएको उनले बताए । गहनान क्षेत्र विकास समितिले चैत १७ गतेदेखि २५ गतेसम्म श्रीमद्देवी भागवत महापुराण ज्ञानधन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१ आयोजना गरेको हो । शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले गहनानसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका काम अघि बढाउन कांग्रेस सभापति देउवालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । गहनान् क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध निर्माण, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआईसिंह गाउँपालिका जोड्ने सडक निर्माणका लागि ज्ञापनपत्र बुझाइएको उनले बताए । आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार