आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ६ दशमलव ५४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रू छ करोड ८४ लाख १८ हजार छ सय ४३ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा मिडिल तमोरको दुई लाख छ हजार दुई सय ४७ कित्ता शेयर किनबेच भएको छ।
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
प्रतिक्रिया