घूस रकमसहित सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर पक्राउ

सोमबार, २७ चैत्र २०७९
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहता घूस रकमसहित पक्राउ परेका छन् । उनलाई २० हजार रुपैयाँ घूससहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विराटनगरमा पक्राउ गरेको   हो । आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घरनक्सा पास गर्ने कामका लागि सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा मेहतालाई विराटनगरको जामुनगाछीमा पक्राउ गरिएको हो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार