काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाइको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् ।
सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेको भन्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपा रगत भएसम्मपछि नहट्ने बताए ।
उनले भने,‘सरकारले सक्ने जति जोड बल लगाएको छ । केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन् । तिमिहरूको दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुनजेलसम्म यो लुट तन्त्रको विरोधमा उभिने छु । चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ,ज्यान मार्नु छ मार,मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन । म राजनीतिमा हुन्नथे भने यो दुख खेप्नुपर्ने पनि थिए । लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’
त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिलाअझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्नेवालापनि नरहेको जिकिर गरे । जतिसुकै आक्षेप लागेपनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए ।
उनले भने,‘सरकारको षड्यन्त्रको यो शिलशिलाअझै सकिएको छैन,तर कुनै दिन पनि हार मानेको थिइन,कहिल्यै हार मान्नेवालापनि छैन ।जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ । जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।’
प्रतिक्रिया