जनकपुरधामबाट एमालेको उद्घोष : राजतन्त्र फर्किन असम्भव

सोमबार, १८ चैत्र २०८१
जनकपुर : नेकपा एमालेले जनकपुरधाममा वृहत् मोटरसाइकल र्याली निकालेको छ । गणतन्त्रको पक्षमा तथा एमालेको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी सोमबार पार्टीले वृहत् मोटरसाइकल र्याली निकालेको छ । करिब पाँच हजारको सङ्ख्यामा जिल्ला अदालतस्थित पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल र्याली नगर परिक्रमा गरी तिरहुतिया गाछी पुगेर समापन भएको थियो । र्यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरूले नेकपा एमाले जिन्दाबाद, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका थिए । र्यालीपछि एमाले नेता उमाशङ्कर अरगरियाले पूर्व राजाको गतिविधि, हत्या, हिंसा, लुटपाट जस्ता घटनाहरूप्रति सजग गराउनका लागि र्याली निकालिएको जानकारी दिए । नेता अरगरियाले लोकतन्त्रका लागि जनताहरू पूर्ण रूपमा जागरूक रहेको भन्दै गणतन्त्र पक्षधरहरूले र्याली निकालेको बताए । देशमा फेरी राजतन्त्र आउन असम्भव रहेको उनले दाबी गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार