रवि लामिछाने पुनः रास्वपा सभापतिको जिम्मेवारीमा

सोमबार, १८ चैत्र २०८१
काठमाडौं : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सोमबारको रास्वपाको केन्द्रीय समितिको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई सभापतिको जिम्मेवारीदिएसंगै केन्द्रीय समितिमा जन यात्रा कार्यक्रम, अधिवेशन÷महाधिवेशन कार्य तालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल हुने जनाइएको छ । सहकारी ठगीलगायत चार कसुरमा आफू विरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका थिए । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार