स्ववियू निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी निर्वाचित

सोमबार, १८ चैत्र २०८१
काठमाडौं : त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु अध्यक्ष पदमा नेपाल विद्यार्थी संघ(नेविसंघ) का उम्मेदवार दीपकराज जोशी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको अन्तिम परिणाम अनुसार जोशीले अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्टलाई ८ मतको अन्तरले पराजित गरेका हुन् । जोशीले ७८९ मत पाउँदा भट्टले ७८१ मत प्राप्त गरे । यस्तै अखिल क्रान्तिकारी प्रविन दाहालले ७२७ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ र स्वतन्त्र उम्मेदवार पद्मा भुसालले १६६ मत प्राप्त गरेका छन् । केन्द्रीय क्याम्पसमा सोमबार निर्वाचन भएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार