काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
महासङ्घका अनुसार मङ्गलवार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया