लगातार रेकर्ड बनाएको सुनको भाउ आज घट्यो, तोलाको कति ?

बुधबार, २० चैत्र २०८१
काठमाडौं । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । आज चाँदीको मूल्य पनि घटेको छ । आज पनि चाँदीको मूल्य प्रतितोला दुई हजार १५ रुपैयाँ घटेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार