ओली र मोदी बिच शुक्रबार बैंककमा 'साइडलाइन' भेटवार्ता हुने

बुधबार, २० चैत्र २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बिच ‘साइडलाइन’ वार्ता हुने भएको छ । बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच सोही समयमा साइड लाइन वार्ता हुने भएको हो । सो सम्मेलन उद्घाटन पछि शुक्रवार ‘साइड लाइन’ वार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले बतायो । पछिल्लो समयमा नेपाल र भारतका बिच सरकारी तहमा सबन्ध राम्रो नभइरहेको भनिरहेको बेला यो द्विपक्षीय भेटवार्ता हुन लागेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार