पाँचथरमा डढेलोमा परि एक महिलाको मृत्यु, पाँच घाइतेमध्ये चारको अवस्था गम्भीर

विहीबार, २१ चैत्र २०८१
पाँचथर : पाँचथर जिल्लामा ढडेलेका कारण एक महिलाको ज्यान गएको छ भने, पाँच जना घाइते भएका छन् । जसमध्ये ४ को अवस्था गम्भीर रहेको छ । जिल्लाको कुम्मायक गाउँपालिकामा डढेलोमा परि घाइते भएकी २८ वर्षीया स्थानीय प्रतिमा सम्बाहाम्फेको ज्यान गएको हो । कुम्मायक–३ ताम्राखु जङ्गलमा लागेको डढेलोमा परी गम्भीर घाइते उनको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए । डढेलो लागेका स्थानबाट उद्धार गरी उपचारका लागि धरान पठाइकी उनको धनकुटाको भेडेटार पुग्दा नै ज्यान गएको हो । सोही डढेलोमा पर्दा स्थानीय २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाफे र ६० की निरमाया सम्बाहाफेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पु¥याइएको छ । उनीहरूको पनि अवस्था गम्भीर छ । यस्तै कुम्मायक–१ खाल्डेमा लागेको आगो निभाउन गएका सोही ३१ वर्षीय खगेन्द्र विश्वकर्मा भने लडेर घाइते भएका छन् । यता फिदिम नगरपालिका १३ मा भएको आगलागीमा परेकी ४७ वर्षीया उषाकला राई नेम्वाङलाई पनि उपचारार्थ धरान पठाइएको छ । उनको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार