काठमाडौं : अबदेखि तीनकुने र आसपासको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरू गर्न अनुमति गर्न नदिन संसदीय समितिले निर्देशन दिएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको निर्णय सुनाउँदै सभापति रामहरि खतिवडाले यस्तो निर्देशन दिएका हुन ।
उनले भने,‘काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब आइन्दा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरू गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समिति निर्देशन गर्दछ ।’
त्यस्तै चैत्र १५ गतेको घटनाको सत्य तथ्य छानबिन गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसमा संलग्न रहेकालाई आवश्यक छानबिन गरी कानुनी कारबाहीलाई अघि बढाउन पनि उनले निर्देशन दिएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया