इलाम । पछिल्लो समय केही सरकारी विद्यालय मर्ज भएर सञ्चालन भइरहेका छन् । केही मर्ज हुने तयारी गरिरहेका छन् । निजी विद्यालयमा शिक्षाको गुणस्तर राम्रो हुने भन्दै अभिभावकहरुले निजी विद्यालयमा छोराछोरीलाई अध्यापन गराउने गरेका छन् ।
सरकारी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले पनि निजी विद्यालयमा आफ्ना नानीहरुलाई पठाइरहेका छन् । यसले पनि आफूले अध्यापन गराउने विद्यालय भन्दा निजी विद्यालय नै अब्बल रहेको अनुमान गर्न सकिन्छ ।
विद्यालयहरुमा नेपाली र अंग्रेजी गरेर दुईवटा भाषाबाट अध्यापन भइरहेको छ । केही स्थानीय तहमा मातृ भाषालाई समेत अघि सारिएको छ । कतै अध्यापन भइरहेको छ त कतै यसको तयारी थालिएको छ ।
नेपाली भाषासँगै अंग्रेजी भाषमा पछिल्लो समय विद्यार्थी तथा अभिभावकको रुची बढ्दै गएको छ । इलाममा पनि अंग्रेजी मोहकै कारण निजी विद्यालयहरुमा विद्यार्थीको चाप बढेको छ ।
यहाँ इलाम सदरमुकाममा सञ्चालित केही चर्चित विद्यालयबारे चर्चा गरिएको छ ।
ग्रीनभ्याली एकाडेमी
निजी विद्यालयतर्फ सबैभन्दा बढी विद्यार्थी सदरमुकाममा रहेको ग्रीनभ्याली एकाडेमीमा छन् । इलाम नगरपालिकाको शिक्षा शाखाले दिएको तथ्यांक अनुसार सो विद्यालयमा नौ सय ९९ सय जना विद्यार्थी छन् । जसमा पाँच सय ४८ जना छात्र र चार सय ५१ जना छात्रा छन् ।
यस विद्यालयमा अध्ययन गर्न प्रवेश परीक्षा पास गर्नु पर्ने हुन्छ । भौतिक संरचनामा समेत उत्कृष्ट रहेको यस विद्यालयमा विद्यार्थीहरु अध्यापन गराउनु अभिभावकहरुको पहिलो रोजाइमा पर्ने गरेको छ ।
ग्रीन भ्याली एकाडेमी बिस २०५२ सालमा स्थापना भएको सञ्चालक कुमार बैद्यले बताए । उनले विद्यार्थी र अभिभावकको माग अनुसारको शिक्षाका लागि आफूूहरु समेत लागि रहेको बताए । आउने शैक्षिक सत्रदेखि साना कक्षाका विद्यार्थीहरुलाई समेत कम्प्युटर शिक्षाका लागि तयारी भइरहेको बताइएको छ ।
प्राविधिक ज्ञानमा समेत अब्बल बनाउन समेत कम्प्युटर शिक्षातर्फ विद्यालय अघि बढेको हो । यस विद्यालयमा महिनामा एकपटक जातीय पोशाक लगाउनु पर्ने ब्यवस्था समेत गरिएको छ ।
नृत्य र खेलकुदका लागि छुट्टै प्रशिक्षक समेत राखिएको छ । विद्यालयमा स्वास्थ्यकर्मी समेत राखिएको छ । कक्षा १० सम्म अध्यापन हुँदै गरेको यस विद्यालया अब कक्षा १२ सम्म अध्यापनको तयारी गरिएको छ ।
हेरिटेज नेशनल एकाडेमी
जिल्ला सदरमुकाममा रहेको अर्को चर्चित विद्यालय हो हेरिटेज नेश्नल एकाडेमी । यस विद्यालय समेत अभिभावक र विद्यार्थीको रोजाइमा छ ।
यस विद्यालयमा ४ सय ५९ छात्र र ३ सय ६० गरेर ८ सय १९ जना विद्यार्थी छन् । विद्यार्थी संख्याकै आधारमा यस विद्यालयमा भएको विद्यार्थी संख्या पनि जिल्लाकै दोस्रो ठुलो संख्या हो ।
भौतिक संरचनामा समेत उत्कृष्ठ रहेको यो विद्यालय २०६५ सालमा स्थापना भएको हो । यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाई हन्छ । बिषयसँग बिज्ञ शिक्षक राखेर अध्यापन गराइने गरेको छ ।
अनुभवी शिक्षक शिक्षिकाद्धारा अध्यापन गराइने यस विद्यालयमा नियमित अतिरिक्त क्रियाकलाप समेत हुने गरेको छ । पर्याप्त कम्प्युटर तथा साइन्स ल्याब छ ।
व्यवस्थित पुस्तकालय, पराकिलो खेल मैदान भएका कारण पनि विद्यार्थीको रोजाइमा यो विद्यालय पर्ने गरेको छ ।
जुविलेन्ट इलाइट एकाडेमी
जुविलेन्ट इलाइट एकाडेमी इलाम सदरमुकाममा नै सञ्चालित एक निजी विद्यालय हो । यो विद्यालय निजि तथा अर्गनाइजेसन प्याब्सनमा दर्ता नभई एन प्याब्सनमा दर्ता भएर सञ्चालित विद्यालय हो ।
यस विद्यालयमा समेत यस शैक्षिक सत्रमा तीन सय ५१ जना छात्र र तीन सय ३७ जना छात्रा विद्यालयमा भर्ना भएको इलाम नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
अध्यापनसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल यस विद्यालय अभिभावकको रुचिमा पर्छ । यो विद्यालय बिस २०६४ सालमा स्थापना भएको हो । पढाइमा समेत विद्यार्थीको रुचिअनुसार पठनपाठन सञ्चालन गर्न लागि परेको सञ्चालकको भनाई छ ।
यो विद्यालय अतिरिक्त क्रियाकपलापसँगै अध्यनमा समेत अब्बल रहेकै कारण कारण यहाँ विद्यार्थीको संख्या बृद्धि हुँदै गएको विद्यालय सञ्चालकको भनाई छ ।
यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समेत यस विद्यालयले उत्कृष्ट स्थान हासिल गरेको छ ।
खेल मैदानको राम्रो ब्यवस्था भएको यस विद्यालयमा छुट्टै नृत्य तथा खेल प्रशिक्षक राखेर नै खेल तथा नृत्य कौशल सिकाउने गरिएको छ ।
मन्टेश्वरी सेकेन्डरी विद्यालय
मन्टेश्वरी सेकेण्डरी स्कुल इलाम सदरमुकाममा सञ्चालित छ । इलाम नारायणस्थानमा रहेको यस विद्यालयमा छ सय ३८ विद्यार्थी अध्यनरत छन् । जसमा तीन सय ३८ छात्र र तीन सयजना छात्रा अध्ययनरत छन् । कक्षा नर्सरी दखी कक्षा १० सम्म अध्ययन हुने यस विद्यालयमा पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिइने गरिएको छ ।
अभिभावक र विद्यार्थीको रोजाइमा रहेको यस विद्यालय समेत भौतिक संरचनामा समेत अब्बल छ । बिस २०६१ सालमा स्थापना भएको यस विद्यालयमा समेत महिनामा एक पटक जातीय पोशाक लगाएर विद्यालय जानक सकिन्छ ।
विषयविज्ञ शिक्षक शिक्षिकासहित अध्यापन हुने विद्यालयमा कम्प्युटर शिक्षा सहितको पध्यापन हुने गरेका सञ्चालक सञ्जिव राइले बताए । उनले गुणस्तरीय शिक्षाका लागि आफुहरु तल्लिन भएको बताए ।
प्रज्ञासदन सेकेण्डरी स्कुल
प्रज्ञासदन बोर्डिड. स्कुल इलामको अर्को चर्चित विद्यालय हो । यो विद्यालय इलाम नगरपालिका छ पिपलबोटेमा छ । यस बिद्यालय इलाम बजारमा अर्थात इलाम सातमा नै थियो ।
केही समयअघि सो विद्यालय पिपलबोटेमा सरेको हो । शिक्षाको गुणस्तर बढाउन आफुहरु लागि परेको विद्यालयमा निर्देशक विकास कर्माचार्यले बताए । सो विद्यालयमा विद्यालय बसको ब्यवस्था गरेर बजार तथा बरबोटे लगायतका स्थानबाट समेत विद्यार्थी ल्याउने गरिन्छ ।
अध्यापनसँगै अतिरिक्त क्रियाकपालमा समेत सो विद्यालय अब्बल रहेको छ । निजि शिक्षाको गुणस्तर र इज्जत राख्ने गरी काम गरेका ब्यक्तिहरु समेत विद्यालयमा भएका कारण पनि बजारभन्दा केही माथि रहेको विद्यालयमा विद्यार्थी संख्या राम्रो छ ।
सो विद्यालयमा एक सय ९१ छात्र र एक सय ६५ छात्र अध्ययनरत रहेका छन् । विद्यालयले कम्प्युटर शिक्षालाई प्राथमिकता दिएको छ ।
इलाममा उल्लेखितबाहेक अरु विद्यालयहरु पनि लोकप्रिय छन् । सूर्योदय नगरपालिका, देउमाई नगरपालिका रोड. गाउँपालिकाका चुलाचुली गाउँपालिका सहित इलाम नगरपालिकाकै नेपालटारमा रहेका अन्य विद्यालयहरु समेत अभिभावक र विद्यार्थीको आकर्षण बनेका छन् ।
इलाम सदरमुकाममा रहेको समता शिक्षा निकेतन उस्तै चर्चा छ । यस विद्यालयसँगै गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने देउमाई नगरपालिकाको मर्निङग्लोरी सेकेण्डरी स्कुल र सूर्योदय नगरपालिकाको नर्वदा कल्याण विद्यालयका एक–एकजना विद्यार्थीले उत्कृष्ट अंकसहित उत्तीर्ण भएका थिए ।
प्रतिक्रिया