विराटनगर : मोरङ र सुनसरीका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
चैत्र २८ गते पक्राउ परेकामध्ये दुई जना मोरङको बेलबारी नगरपालिका-४ निवासी २१ वर्षीय एनजल गुरुङ र १९ वर्षीय साहिल राई हुन्।
उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका-१५ बाट ७३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय लौकहीको टोलीले सुनसरीको रामधुनी नगरपालिका-२ का २४ वर्षीय शिव शंकर चौधरीलाई ५ ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
यस्तै, अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले धनकुटाको सागुरीगढी गाउँपालिका-९ स्थायी घर भई हाल धरानमा बस्दै आएका ३४ वर्षीय भुपाल राईलाई धरान उप-महानगरपालिका-११ बाट २८ किलो गाँजासहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया