इलाम : आगामी चैत्र ३१ गते र वैशाख एक गते इलाममा ‘फुड फेस्टिवल’ हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा इलाम सदरमुकाममा स्थानीय स्तरमा उत्पादित वस्तु प्रवद्र्धन गर्नका लागि ‘फुड फेस्टिवल’को आयोजना गर्न लागिएको हो ।
इलाम उद्योग वाणिज्य सङ्घ अन्तर्गत रहेको महिला उद्यमी विकास इकाई ले दुई दिने फेस्टिवल गर्ने भएको आज इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
फेस्टिभलका लागि इलाम चोक बजारमा स्टल निर्माण सुरु भएको महिला उद्यमी विकास इकाइकी अध्यक्ष दिव्य भट्टराईले बताइन् । उनका अनुसार फेस्टिवलमा १५ वटा स्टलहरू रहने छन् ।
स्थानीय उद्यमीहरूले उत्पादन गरेका खानाका परिकार सहितका छ वटा स्टल रहने महिला उद्यमी विकास इकाइकी सचिव सरस्वती कर्माचार्यले जानकारी दिइन् ।
फेस्टिवलले जिल्ला गाउँ गाउँमा रहेका वस्तु प्रचार तथा बिक्रीका लागि सहयोग पु¥याउने आर्थिक समिति संयोजक भगवती कोइराला (मञ्जु) ले बताइन् ।
विशेष गरेर दुुध जन्य परिकार, फलफूल, तरकारी तथा अन्य वस्तुहरू स्टलमा समावेश गरिने बताइको छ ।
फेस्टिवलमा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने सांस्कृतिक कार्यक्रम संयोजक रिना घिमिरे (घले)ले बताइन् ।
नयाँ वर्षमा इलाम सदरमुकाममा पर्यटकको संख्यामा वृद्धि गर्न र बजार चलायमान गराउन समेत फेस्टिवलले मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।
फेस्टिवल २०६८ साल देखी निरन्तर भइरहेको आयोजकले बताएको छ ।
प्रतिक्रिया