दुर्गा प्रसाईंलाई थुनेर मात्रै पुग्दैन पूर्व राजालाई पनि छानबिन गर्नुपर्छ : शेरधन राई

शनिबार, ३० चैत्र २०८१
इटहरी (डेक्स) : नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले दुर्गा प्रसाईलाई मात्र नपुग्ने बताएका छन् । झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै तीनकुने घटनाका सम्बन्धमा पूर्व राजा ज्ञानेन्द्र साहलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताए । कोशीका संस्थापन मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य राईले लोकतन्त्रको सुदृढीकरणका लागि सभाको आयोजना गरिएको जानकारी गराए । प्रतिगमनकारीहरुले देशलाई लुटपाटतर्फ धकेलिरहेको बताउँदै राईले एमालेले हिंसात्मक गतिविधिलाई हेरेर बस्न नसक्ने उल्लेख गरे । उनले राजाको पालामा भन्दा वर्तमान समयमा विकाशको गती रफ्तारमा बढेको उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार