मोरङमा आगोले घर जल्यो, २१ लाखको क्षति

मंगलबार, ०२ बैशाख २०८२
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ मा खवास टोलमा मंगलबार बिहानका राति आगलागी हुँदा एउटा घर जलेको छ । घर जल्दा २१ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलराम चौधरीको काठको बेरा र जस्तापाताको छानो भएको २ तले घरमा आगलागी भएको हो । आगोले घरसहित घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको छ । स्थानीय र दमकलको सहयोगमा बिहानका राति २ः५० बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको छैन । घटनामा २१ लाख बराबरको क्षति भएको र थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागीमा मानवीय तथा चौपाया क्षति भने भएन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार