नेविसंघ इलामको आयोजनामा सांस्कृतिक साँझ कार्यक्रम हुने

मंगलबार, ०२ बैशाख २०८२

इलामः नेपाल विद्यार्थी संघ (नेविसंघ) इलामले आफ्नो स्थापना दिवसको अवसरमा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी बैशाख ६ गते इलामको गौतमबुद्ध सभागृह (सिटीहल)मा हुने छ।

कार्यक्रममा चर्चित गायिका रचना रिमालले सांगीतिक प्रस्तुति दिनेछिन्। साथै, सो अवसरमा नेपाल विद्यार्थी संघ इलामका पूर्व जिल्ला सभापतीहरूलाई सम्मान गरिने अध्यक्ष टीकाराम पुरीले जानकारी दिए। त्यस दिन नै नयाँ वर्षको उपलक्ष्यमा प्रकाशित भित्ते पात्रोको विमोचन पनि गरिनेछ।

नेविसंघको स्थापना २०२७ सालमा भएको हो। सोही वर्ष इलाममा पनि जिल्ला समिति गठन गरिएको थियो। इलामका पहिलो अध्यक्ष सुधिर शिवाकोटी थिए। त्यसपछि टंक बस्नेत, केशव थापा, टंक कट्टेल, केदार थापा, राजेन्द्र शर्मा, होम दुलाल, मोति साङपाङ राई, लोकनाथ आचार्य, कृष्ण श्रेष्ठ, डम्बर खड्का, बिष्णु कार्की, खेमराज राई, डिकेन्द्र इदिंगो हुँदै हाल टीकाराम पुरी अध्यक्ष रहेका छन्।

इलाममा नेविसंघको गतिविधि सञ्चालन गर्न योगदान दिने सबै पूर्व सभापतीलाई सम्मानपत्र प्रदान गरिने बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार