सन्दकपुर : पॉचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसी वेलकाले जित्न सफल भएको छ । इलामको सन्दकपुरमा सम्पन्न गोल्डकपमा ब्रदरहुडले झापाको युनाईटेड फुटबल क्लब हराउँदै उपाधि जित्न सफल भएको हो ।
ब्रदरहुडले युनाईटडलाई पेनाल्टि सुट आउटमा २–० ले पराजित गरेको थियो । निर्धारित समयको एक एक गोलको बराबरी भएपछि खेलको नतिजाा पेनाल्टि सुट गएको थियो ।
विजेता ब्रदरहुडले २ लाख ५५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यता उपविजेता बुट्टाबारीले १ लाख ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकल जानकारी दिएको छ ।
देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा २०८१ साल चैत्र २५ गते देखि सन्चालित प्रतियोगिता २०८२ साल बैशाख १ गते नयाँ बर्षको दिन सम्पन्न भएको थियो ।
प्रतियोगितामा पॉचथर, इलाम, झापा, मोरङ, र उदयपुरका ८ टिमको सहभागिता रहको थियो ।
प्रतिक्रिया