विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

बुधबार, ०३ बैशाख २०८२
काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ। बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १२.३ ओभरको खेलमा १ विकेट गुमाएर लक्ष्यपूरा ग¥यो । नेपालका लागि ओपनर साहिल पटेल ४२,कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । नेपालकालागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए। अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार