ज्यान मार्ने उद्योगका अभियुक्त हतियारसहित पक्राउ

शनिबार, ०२ बैशाख २०८०
इटहरी । अदालतबाट पक्राउ पूर्जी जारी भइ फरार रहँदै आएका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का ३० वर्षीय कुमार राईमाथि आक्रमण गरी ज्यान मार्ने उद्योग मुद्दामा आरोपित कसुरदार जयकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध काभ्रेपलान्चोक जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । उदयपुर बेलका नगरपालिका ३ मा लुकिछिपी बस्ने गरेको सूचनापछि प्रहरीले उनको खोजी गरेको थियो । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको टोलीले राईलाई लोड गरिएको भरुवा बन्दुक र ५ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार