विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु आज हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्को र स्पेनबिच प्रतिस्पर्धा हुदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता मोरक्कोको पनि यही योजना हुनेछ । आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता स्वीजरल्यान्डको पनि ऐतिहासिक जितको खोजीमा हुने छ ।
प्रतिक्रिया