दुहबीमा लागूऔषध सहितको कार फेला, ११६ केजी गाँजा बरामद

शनिबार, ०६ बैशाख २०८२
सुनसरी :  सुनसरीको दुहबीमा प्रहरीले विशेष सूचनाको आधारमा लागूऔषध गाँजासहितको सवारीसाधन फेला पारी ठूलो मात्रामा गाँजा बरामद गरेको छ। आज (शनिबार) बिहान करिब ८:३० बजेको समयमा दुहबीबाट मोरङको बुढीगंगातर्फ गइरहेको बा.७.च.९२६३ नम्बरको मारुती सुजुकी कारमा गाँजा रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले सो कारको पिछा गरेको थियो। पिछा गर्दै जाँदा दुहबी नगरपालिका–४ मालहट्टीस्थित सडकखण्डमा कार रोकेर चेकजाँच गर्दा चालक फरार भएको अवस्थामा फेला परेको थियो। चेकजाँचको क्रममा कारको डिक्कीभित्र चारवटा जेब्रा झोलामा विशेष रुपमा प्याक गरिएको ११६ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ। हाल बरामद गरिएको कार र गाँजा इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार