कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

बुधबार, १० बैशाख २०८२

खाँदबारी : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आज बिहान मकालु गाउँपालिका- ३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए ।

मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो ।

उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार