बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

बुधबार, १० बैशाख २०८२

काठमाडौं : सभामुख देवराज घिमिरेले शिक्षा विधेयक पारित गर्न बैशाख महिनाभित्रै टुंग्याउने तयारी गरिएको बताएका छन्। बुधबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुखले बजेट अधिवेशन र शिक्षा विधेयकबारे कार्ययोजना प्रस्तुत गरे।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार यसपटक पहिले जस्तै नीतिगत कार्ययोजना पारित नगरी बजेट नल्याउने नीति बनाइएको छ। उनले भने, “पहिले उल्टो अभ्यास भएको थियो, अब नीति तथा कार्यक्रम पारित भएपछि मात्र बजेटका प्राथमिकता संसदमा आउनेछन्।”

शिक्षा विधेयकलाई विशेष प्राथमिकतामा राखेर संसदमा दर्ता भएको एक दिनमै अन्य कार्यसूची रोकिएर पारित गरिने सहमति भएको छ। बर्तौलाले सबै दलबीच यसको लागि ऐक्यबद्धता रहेको र उपसमितिबाट समयमा प्रतिवेदन आएपछि समितिले पनि छिटो निर्णय गर्ने जानकारी दिए।

उनले भने, “बैशाख महिनाको अन्तिमसम्ममा शिक्षा विधेयक पारित गर्छौं। यो सबै दलको साझा प्रतिबद्धता हो।”

त्यस्तै, आगामी वैशाख १४, १५ र १६ गते लगातार तीन दिन संसद बैठक चलाएर अड्केका अन्य विधेयकहरू पनि टुंग्याइने जानकारी दिइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार