इटहरीमा इलेक्ट्रिक स्कुटर दुर्घटना हुँदा पुरुषको मृत्यु

बुधबार, १० बैशाख २०८२

इटहरी ः इटहरीमा इलेक्ट्रिक स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१० साथी पेट्रोल पम्प नजिकै  नम्बर नभएको अन टेस्ट रातो इलेक्ट्रिक स्कुटर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

हिजो (मङ्गलवार) राती अन्दाजी ८:१०  बजे  विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका पुरुषको विराट टिचिङ हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  मृतक पुरुषको पहिचान खुलेको छैन।

दुर्घटनाको जानकारी पाएलगतै  प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलिले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार