२४ घन्टामा भारतमा १० हजार काेराेना संक्रमित थपिए

शनिबार, ०२ बैशाख २०८०
काठमाडौं । गत २४ घन्टामा भारतमा १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार