सरकारको नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुने

विहीबार, १८ बैशाख २०८२

काठमाडौं : शुक्रवार सार्वजनिक हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो हुने भएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । मन्त्रिपरिषद‍्बाट पारित कार्यक्रम विगतको तुलनामा आधा छोटो रहेको एक मन्त्रीले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा वाचन गरेर सार्वजनिक गर्दैछन् ।

विगतमा संसदमा राष्ट्रपतिले डेढ घण्टा वाचन गर्ने गरिएको थियो तर यस पटकको नीति तथा कार्यक्रम विगतको तुलनामा करिब आधा छोटो हुने बताईएको छ । राष्ट्रपतिले वाचन गर्ने यस पटकको नीति तथा कार्यक्रम पाँच हजार देखि ५५ सय शब्दको मात्र हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार